देशभर चिसो बढ्यो

काठमाण्डु टुडे २०७९ पुष १ गते १४:४३ मा प्रकाशित

काठमाण्डु,१ पुस– देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

देशका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश स्थानमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

विभाले अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको बताएको छ । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us