आगोले जलेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २६ गते १४:१२ मा प्रकाशित

पाल्पा,२६ मंसिर– पाल्पाको रिब्दीकोटमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा रिब्दीकोट गाउँपालिका– १ जोरपोखरीकोट बस्ने ७५ वर्षीय खिमबहादुर विको रहेका छन ।

उनको आफ्नै घरमा आगो तापिरहेका बेला एक कोठामा अचानक आगलागी हुँदा जलेर उनको मृत्यु भएको पाल्पा प्रहरीले बताएको छ ।

खरले छाएको घरमा एक्कासि आगलागी हुँदा उनी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us