एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते १७:५२ मा प्रकाशित

काठमाण्डु,२५ मंसिर– एमाले नेता भीम बाहादुर रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् ।

उनले एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । उनले एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै आपत्ति जनाएका हुन् ।

ढकाललाई संसदमा सिफारिस गरेपछि एमालेभित्रै व्यापक विरोध भइरहेको छ । अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आबद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनाएको छ । परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ ।

एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाको सदस्य, क्या चमत्कार १ राजनीतिमा नैतिकताको खडेरी १ स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ– सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us