
काठमाण्डु,१९ मंसिर– चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई शिक्षण संस्था सञ्चालन गर्नेलाई कारबाही गरिने जनाएको छ । अनुमति नलिई कुनै शिक्षण संस्थाले भर्ना आह्वान गरेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विद्यार्थी, अभिभावक र सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्न, नगराउन पनि आयोगले आग्रह समेत गरेको छ ।
प्रचलित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुने गरी भर्ना गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने गरिने आयोगका सदस्य सचिव डा. भोजराज शर्मा काफ्लेद्वारा जारी सूचनामा बताइएको छ