नेपाल टेलिकमले रिचार्ज गरेवापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने

काठमाण्डु टुडे २०७९ मंसिर १९ गते १४:१७ मा प्रकाशित

काठमाण्डु,१९ मंसिर– नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट रिचार्ज गरेवापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।

ग्राहकले रु २००, ५०० र १००० रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने टेलीकले विज्ञप्तिमा जनाएको छ ।

रु २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा उपलब्ध हुने कम्पनीे जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै रु ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी र १००० को रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त प्रवक्ता शोभन अधिकारीले बताएका छन ।

यो अफर मंगलबारदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने टेलिकमले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us