डा. सिके राउत र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ मंसिर १९ गते १२:४४ मा प्रकाशित

काठमाण्डु,१९ मंसिर– जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

भट्टराईले जनमत पार्टीका अध्यक्ष राउत र अन्य पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल र भेटवार्ता भएको बताएका छन् ।

राउतसँगको भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा राख्दै भट्टराईले सिंहदरबारमा भेट्दा औँला ठड्याउनेहरू आज गलत साबित भएकोमा खुशी बताएका छन ।

उनले लेखेका छन मैले संविधान निर्माणका क्रममा संवैधानिक समितिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औँला ठड्याउनेहरू आज गलत साबित भएकोमा खुशी’, भट्टराईले सोमबार ट्वीटमार्फत यस्तो बताएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us