प्रत्यक्षतर्फको मत गणना सम्पन्न

काठमाण्डु टुडे २०७९ मंसिर १९ गते १२:३३ मा प्रकाशित

काठमाण्डु,१९ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना १५ दिनमा सकिएको छ ।

सोमबार बिहान दोलखामा सम्पन्न मत गणनामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ निर्वाचन क्षेत्रकै मत गणना सकिएर नतिजा सार्वजनिक भएको हो ।

सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रोमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो दल भएको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट चौथो दल बन्न सफल भएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा ७ सिट जितेका छन । यस्तै ,लोसपा ४ नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन् ।

संसद्‍मा १२ दलको प्रतिनिधित्व भए पनि थ्रेसहोल्डका कारण यी मध्ये ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने सम्भावना देखिएको छ । यस्तै समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us