
काठमाण्डु,१९ मंसिर– चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्दै छ । बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक नेताले बताए ।
४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ । यसैगरी माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् । प्रदेश सभामा प्राप्त सिट हेर्दा पनि सत्ता गठबन्धनले नै सरकार गठन गर्ने सम्भावना बलीयो छ ।