
काठमाण्डु,१९ मंसिर– दोलखाबाट प्रतिनिधिमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् ।
कार्कीले ३६ हजार ९९५ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत प्रप्त गरेका छन छन् । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ ।