अब बन्ने सरकारले राजनीतिक स्थिरता,र सुशासन प्रदान गर्छ: रामचन्द्र पौडेल

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते १६:३३ मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार भएको बताए ।

उनले भने, “देशलाई सुशासन आवश्यक छ, भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ, पर्यटनको विस्तार गाउँसम्म पुर्याउनुपर्छ, गाउँगाउँमा उद्योग खोल्नुपर्छ, यसले गाउँमा नै रोजगारी सिर्जना गर्छ र समृद्ध मुलुक बनाउन सकिन्छ ।” उनले नवनिर्वाचित जनप्रतिनिधिले जनताको विश्वासमा धोका दिन नहुने पनि बताएका छन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us