कांग्रेसले अन्तरघात गर्नेहरुको सूची माग्यो

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते १६:०४ मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– कांग्रेसले ४ मंसिरमा भएको निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो ।

जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेर पुस १५ गतेभित्र सूची पठाउन केन्द्रीय अनुशासन समितिले विज्ञप्तिमा बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us