नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाण्डु टुडे २०७९ कार्तिक २७ गते १६:०६ मा प्रकाशित

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाण्डु २६ कातिक साताको पहिलो कारोबार दिन शेयर बजार ओरालो लागेको छ ।

आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार नेप्से १०।५४ अंक ९०।५६ प्रतिशत० ले गिरावट भएर १८८३।१६ अंकमा बन्द भएको छ । नेप्सेसँगै होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

नेप्सेमा २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजार कारोबार भयको छ। नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ । आइतबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।

यस्तै ४४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको स्थिर रहेको छ । बिहीबार सूचीकृत कम्पनीमा मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ३।७४ प्रतिशतले वृद्धि भयको छ । नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य ६।९० प्रतिशतले गिरावट आयको छ।
बजार परिसूचक २० कात्तिकमा १९६५।३६ अंकसम्म पुगेको नेप्से पछिल्लो पाँच दिन लगातार घट्दा ८३ अंकको गिरावट भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us