नेप्सेमा २३ अंक बढीको गिरावट

काठमाण्डु टुडे २०७९ कार्तिक २४ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार ओरालो लागेको छ ।

बिहीबार नेप्से २३.५३ अंकले घटेर १९९३.७० अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचका गिरावट आएको छ । कारोबार रकम पनि १ अर्बमा खुम्चिएको छ । बिहीबार ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेचबाट १ अर्ब ११ करोड ९४ लाख ६१ हजार बजारको कारोबार भएको छ ।

बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १७१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । यस्तै १३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १ कम्पनीको स्थिर छ । मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ३.९२ प्रतिशतले वृद्धि हुँदा सिन्धु विकास बैंकको २.७७ प्रतिशतले वृद्धि भयो ।

अपर हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सर्वाधिक ६।९१ प्रतिशतले गिरावट भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us