सी जिनफिङ तेश्रो कार्यकालका लागि महासचिव चयन

काठमाण्डु टुडे २०७९ कार्तिक ६ गते ७:४२ मा प्रकाशित

एजेन्सी– सी जिनफिङ पुनः चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिव निर्वाचित भएका छन् ।

सीपीसीको २०औं महाधिवेशनले शनिबार तेश्रो कार्यकालका लागि सीलाई महासचिवमा चयन गरेको हो । महाधिवेशनले सीको नेतृत्वमा सीपीसीको २ सय ५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नवनिर्वाचित केन्द्रीय कमिटी बैठकले आगामी साता पोलिटब्यूरो र पोलिटब्यूरो स्थायी समिति चयन गर्नेछ ।

महाधिवशेनले सी विचारधारालाई थप परिमार्जित र सशक्त बनाउने पनि निर्णय गरेको छ । सीपीसीको १९औं महाधिवेशनले सीलाई सर्वोच्च नेताको उपाधिसहित उनको नाममा विचारधाराको विकास गरेको थियो ।

सी विचारधाराले चिनियाँ विशेषताको समाजवादको परिकल्पना गरेको छ । यसैबीच महाधिवेशनबाट पोलिट्ब्युरो स्थायी समितिमा रहेका चार वरिष्ठ नेताहरुले सक्रिय जिम्मेवारीबाट अवकाश लिएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार प्रधानमन्त्रीली खछ्याङ, चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सु, पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सका अध्यक्ष वाङ याङ र उपप्रधानमन्त्री हान झेन छन् ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us