
एजेन्सी– रूसले नियन्त्रणमा लिएका युक्रेनका चार भूभागहरुमा सैनिक शासन सुरु गरेको छ । युक्रेनका लुहान्स्क, डोनेट्स्क, जापोरिजझिया र खेरसन क्षेत्रमा रुसले सैनिक शासन सुरु गरेको घोषणा गरेको हो ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा भनेका छन्, ‘मैले रूसी महासंघका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल (सैनिक शासन) लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु
।’ पुटिनको सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने बताएको छ ।