सत्तारूढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी, आजै भागबण्डा टुंग्याउने तयारी

काठमाण्डु टुडे २०७९ असोज १७ गते ९:५९ मा प्रकाशित

काठमाण्डू, १७ असोज- सिट बॉडफॉटका लागि सत्तारूढ गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलसहित शीर्ष नेताको बैठक बसिरहेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबारको बैठकमा आफूलाई अवमूल्यन गरिएको भन्दै गठबन्धन छाड्ने चेतावनी दिएका थिए । आजको बैठकमा गठबन्धनका अरु दलका नेताले यादवलाई फकाउने प्रयास गर्ने बताइएको छ । गठबन्धनका अरु दल जसपालाई १६ सिट दिन तयार छन् । तर, जसपाको २२ सिटमा दाबी छ । एकीकृत नेकपा समाजवादीले पनि २५ सिटमा दाबी गरेको छ । समाजवादीलाई १७ सिट दिन कांग्रेस र माओवादी तयार छन् । स्रोतका अनुसार गठबन्धनले आजै सिटबॉडफॉट टुंग्याउने तयारी नेताहरुले गरेका छन् । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us