रवीन्द्र मिश्र हलो चिन्ह लिएर काठमाण्डु–१ बाट चुनाव लड्ने 

काठमाण्डु टुडे २०७९ असोज १३ गते ९:३३ मा प्रकाशित
काठमाण्डु, १३ असोज– विवेकशील साझा पार्टी छाडेर राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्र काठमाण्डु–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् ।
मिश्र यसअघि ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेर काँग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए । सत्ता गठबन्धनबीचको भागबण्डामा उक्त क्षेत्र फेरि काँग्रेसले पाउने सहमतिसँगै मिश्र र श्रेष्ठबीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।
मिश्र बुधबार मात्र राप्रपा प्रवेश गरेका थिए । उनले राप्रपामा तेश्रो वरियतासहित वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् । मिश्रले उम्मेदवारी घोषणाका लागि बुधबार अपराह्न बानेश्वरमा कार्यक्रम आयोजना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us