फोहोरमा बालेन साहको असफल यात्रा सुरु

काठमाण्डु टुडे २०७९ साउन २३ गते ७:११ मा प्रकाशित

काठमाण्डु, २३ साउन– काठमाण्डुमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठन रोकिएपछि सिंगो उपत्यका कुरूप देखिनुका साथै हैजा फैलने खतरासमेत बढेर गएको छ ।

फोहोर व्यवस्थापनका लागि प्रभावकारी पहल अघि बढाउन केन्द्रदेखि स्थानीय सरकार नै असफल बनेको काठमाडौंवासीको भनाइ छ । पछिल्लो समय काठमाडौैका मेयर बालेन्द्र शाहले पनि फोहोर उठाउने विषयलाई उच्च प्राथमिकतामा राख्न नसक्दा काठमाण्डु फोहोरमाडौंका रूपमा विकास हुन पुगेको आरोप स्थानीयवासीको छ ।

केन्दीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा, सहरी विकासमन्त्री मेटमणि चौधरी तथा मुख्य सचिव शंकरदास वैरागीलगायतका उच्च पदस्थहरूले पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्ने कार्यमा चासो दिन सकेका छैनन् । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us