
काठमाण्डु, २४ असार– साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार मापक नेप्से १.७१ प्रतिशतले घटेको छ ।
नेप्से ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको हो । सबै उपसूचक राताम्मे हुँदा कारोबार रकम पनि खुम्चिएको छ ।
शुक्रबार १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको कारोबार भयो । बजारमा १ सय ९० कम्पनीको सेयर कारोबार भएकोमा १ सय ७६ कम्पनीको सेयर मूल्य घटेको छ ।
हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमा सर्वाधिक ५.४४ प्रतिशतले गिरावट आएको छ ।