
काठमाण्डु, २३ असार– बिहीबार सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको छ ।
परिसूचक १६.६० अंकले घटेर २०२७.३२ बिन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ३.४२ अंक घटेको छ । बिहीबार नेप्सेसँगै कारोबार रकम पनि खुम्चिएको छ ।
१३ उपसमूहमध्ये यस म्युचुअल फण्ड उपसमूहका परिसूचक ओरालो लागेको छ ।
बुधबार २ अर्ब बढीको कारोबार भएकामा बिहीबार २ सय २९ कम्पनीका ३१ हजार २ सय ७६ पटकको कारोबारमा १ अर्ब ८० करोड ६२ लाख रुपैयाँ बराबरको ४७ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भए ।
कारोबार रकमका आधारमा यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको यस दिन ७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
घटेको बजारमा बिहीबार ४६ वटा स्टकको मूल्य बढेको छ । तर, मूल्य बढेकाको वृद्धिदर पनि भने ४ प्रतिशतभन्दा तल छ ।
समिट लघुवित्तको शेयरमूल्यमा सर्वाधिक ५.२० प्रतिशतको गिरावट आएको छ ।
म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ ।