दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डु टुडे २०७९ असार २२ गते १५:३४ मा प्रकाशित

काठमाण्डु, २२ असार– बुधबार शेयर बजार मापक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।
दुई दिनसम्म लगातार ओरालो लागेको नेप्से बुधबार १३।३३ अंकले बढेर २०४३.९२ विन्दुमा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि १।६८ अंकले बढेको छ । कारोबारमा आएका २२८ कम्पनीको ३८ हजार ८ पटकको कारोबारमा २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको ६२ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

बुधबार लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ । यस्तै तेह्रथुम पावर कम्पनी र सिभिल बैंकको शेयरमूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ।

बढेको बजारमा पनि स्वाभिमान लघुवित्तको शेयरमूल्य सर्वाधिक ५।६८ प्रतिशत घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us