डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई दुई लाख

काठमाण्डु टुडे २०७९ असार २२ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, २२ असार– १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई एक÷एक लाख वितरण गरेको छ ।

पुरस्कार राशी डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रा.लि.का मंगल गुरुङ् तथा डिशहोमका क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो ।

काठमाण्डु बालुवाटार निवासी डा. वेदप्रकाश उप्रेती र बत्तिसपुतली निवासी बिन्दा रेग्मीले यो योजना अन्तर्गत हरेक हप्ता गरिने लक्की ड्रमा एक÷एक लाख जित्न सफल भएका थिए । १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन् ।

साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लकी ड्र हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमको रियालिटी टिभी, रमाईलो एच.डी. सरोकार टिभी, नेपाः च्यानल, तथा डिशहोम सोकेसमा प्रत्यक्ष प्रशारण हुने गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us