नेप्सेमा दोहोरो अंकको पहिरो

काठमाण्डु टुडे २०७९ असार २१ गते १६:५५ मा प्रकाशित

काठमाण्डु, २१ असार– सेयर बजार मापक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ ।

मंगलबार ४६.०८ अंकले घटे नेप्से २ हजार ३०.५९ बिन्दुमा झरेको छ । कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । सोमबार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएकामा मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार २ सय २९ कम्पनीको ४९ हजार ४ सय १६ वटा कारोबारबाट ८६ लाख १३ हजार ४ सय ८९ कित्ता सेयर किनबेच भएको छ । समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै ङ्याग्दी ग्रुप पावर, आँधीखोला लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर लगायतका कम्पनीको मूल्य बढ्यो ।

घलेम्दी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, एजोड इन्स्योरेन्स लिमिटेड, सीईडीबी हाइड्रोपावर कम्पनी, शिव श्री हाइड्रोपावर सहितका कम्पनीको सेयर मूल्य भने सर्वाधिक घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us