नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाण्डु टुडे २०७९ असार १९ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, १९ असार– गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको शेयर बजार मापक नेप्से साताको पहिलो दिन हरियाली भएको छ ।

सबै उपसमूह उकालो लाग्दा आइतबार नेप्से दोहोरो अंकले बढेको । कारोबार रकममा पनि सुधार देखिएको छ ।

नेप्से ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा पुगेको छ । यो २.८४ प्रतिशत प्रतिशत हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १०.२२ अंक बढेको छ ।

२ सय ३१ कम्पनीको ४५ हजार १ सय २० पटकको कारोबारमा २ अर्ब ४८ करोड ४ लाख रुपैयाँ बराबरको ६२ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्त र रसुवागढी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर सबैन्दा अगाडि छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us