नेपाली मुद्रा इतिहासकै कमजोर

काठमाण्डु टुडे २०७९ असार १९ गते १२:४७ मा प्रकाशित

काठमाण्डु, १९ असार– नेपाली मुद्रा इतिहासमै सबैभन्दा कमजोर भएको छ ।

आइतबार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च भएको हो । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च कायम गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १ सय २६ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ७८ पैसा कायम छ ।

यसभन्दा अघि गत जुलाई १ मा डलर एकको खरिददर १ य २६ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ ६६ पैसा पुगेको थियो । यस्तै युरो एकको खरिददर १ सय ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५२ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८६ रुपैयाँ १६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us