साताको अन्तिम दिन ओरालो लाग्यो शेयर बजार

काठमाण्डु टुडे २०७९ असार १७ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, १७ असार– लागातार उकालो लागेको शेयर बजार मापक नेप्से साताको अन्तिम कारोबार दिन आरोलो लागेको छ ।

शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घटेर २ हजार २८ दशमलब ७७ बिन्दुमा झरेको छ । जम्मा दुई घण्टा बजार खुल्दा २ सय २१ कम्पनीका ३६ लाख ६३ हजार २ सय २० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकममा भने केही सुधार भएको छ ।

कारोबार रकम एक अर्ब ४५ करोड ९३ लाख १२ हजार रुपैयाँ पुगेको छ। कारोबार भएकामध्ये ७३ वटा कम्पनीको मूल्य बढेको छ भने १ सय ४० वटाको मूल्य घटेको छ ।

आज आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ट्रेडिङ, फाइनान्स र माइक्रो फाइनान्सबाहेक सबैको मूल्य घटको छ । कारोबार रकमका आधारमा शुक्रबार सबैभन्दा धेरै शिवम् सिमेन्टको ५ करोड ५७ लाख ४७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us