नबिल बैंकका सिईओ ढुंगानाले थाले काम

काठमाण्डु टुडे २०७९ असार १७ गते १४:११ मा प्रकाशित

काठमाण्डु, १७ असार– नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यभार सम्हालेका छन् ।
बैंकको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा ढुंगानाले बिहीबार पदभार ग्रहण गरे । यसअघि उनी नेपाल बंगलादेश बैंकको सिईओ थिए । उनीसँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । बैंक सञ्चालक समिति बैठकले १६ असारमा ढुंगानालाई बैंकको सीईओमा नियुक्त गरेको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशकसमेत भइसकेका ढुंगाना अनुभवी सिईओ हुन् । उनले नेपाल बैंकर्स संघको अध्यक्षका रुपमा समेत काम गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us