शेयर बजारमा उछाल

काठमाण्डु टुडे २०७९ असार १६ गते १७:२५ मा प्रकाशित

काठमाण्डु, १६ असार– निरन्तर घटेर केही दिनयता उकालो लागेको शेयर बजारमा बिहीबार उछाल आएको छ ।

मौद्रिक नीति सार्वजनिक हुने पूर्वसन्ध्यामा शेयर बजारमा उछाल आएको हो । सेयर बजारमा बिहीबार ७४.९३ अंकले बढेको छ । बजार २०३७.६४ बिन्दुमा पुगेको छ ।

बिहीबार कूल २२७ कम्पनीको ४७ हजार ३ सय ९२ कारोबारबाट ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच भएको छ । यस दिन २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत् आयोजना, ङ्यादी हाइड्रोपावरसहित एक दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us