शेयर बजारमा भारी वृद्धि

काठमाण्डु टुडे २०७९ असार १२ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, १२ असार– लगातार ओरोलो लाग्दै आएको शेयर बजार परिसूचक नेप्सेमा आइतबार भारी वृद्धि भएको छ ।

नेप्से ९४. ९२ अंकले बढेर १ हजार ९ सय ५६.९८ बिन्दुमा पुगेको छ । समग्रमा बजार ५.१० प्रतिशतले बढेको छ । २१ वटा कम्पनीका मूल्यमा सर्किट ब्रेक लागेको छ । १० प्रतिशत मूल्य वृद्धि भएपछि सो दिन उक्त कम्पनीको कारोबार हुँदैन । त्यसैलाई शेयर बजारमा सर्किट ब्रेक भनिन्छ ।

 

कारोबारमा आएका कूल २ सय ३० कम्पनी सबैको मूल्य बढेको छ । कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

विकास बैंक उपसमूहका शेयर मूल्य सबैभन्दा बढी ८.३० प्रतिशतले बढेको छ । यस्तै फाइन्यन्स, हाइड्रोपावर र व्यापार उप–समूह ७ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us