
काठमाण्डु, १० असार– ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९–०८०को लागि ६ अर्ब ३५ करोड ३५ लाखको बजेट ल्याएको छ ।
मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७९–०८०का लागि नगरसभामा बजेट प्रस्तुत गरेका हुन्।
ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने र नगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै संघसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा गरेको छ । त्यस्तै बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालनमा ल्याउने भएको छ।
ललितपुर महानगरपालिकाले महानगर क्षेत्र भित्रको जग्गा र बागमती करिडोर क्षेत्रको पुनः नापी गर्ने भएको छ भने कल सेन्टरसमेत सञ्चालनमा ल्याउने भएको छ । यस विषयलाई बजेटमा पनि समावेश गरिएको छ ।