भरतपुर महानगरले ल्यायाे ५ अर्ब ७४ करोडकाे बजेट

काठमाण्डु टुडे २०७९ असार १० गते १५:३२ मा प्रकाशित

चितवन, १० असार– भरतपुर महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभाले आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९–८० का लागि महानगरले ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ प्रस्ताव गरेको छ।

यसमा पालिकाको आन्तरिक आय १ अर्ब ५० करोड रुपैयाँ रहने छ। त्यसैगरी विकास निर्माणका लागि जनसहभागितामार्फत ३६ करोड रुपैयाँ जुटाइने बजेट वक्तव्यमा उल्लेख छ । चालू आर्थिक वर्षमा महानगरको बजेट ५ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।

महानगरले कृषि एम्बुलेन्सको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । साथै फोहोर व्यवस्थापनका लागि घरघरमै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरिने पनि मेयर दाहालले बताइन् ।

नगरसभामा मेयर रेनु दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेन् भने उपमेयर चित्रसेन अधिकारीले बजेट पेस गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us