शुक्रबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डु टुडे २०७९ असार १० गते १४:५४ मा प्रकाशित

काठमाण्डु, १० असार– साताको अन्तिम दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ को विन्दुमा पुगेको छ।

शुक्रबार आन्दोलनरत लगानीकर्ता र नेपाल धितोपत्र बोर्ड (सेबोन)बीच १९ बुँदे माग कार्यान्वयनका विषयमा सहमति जुटेसँगै सेयर बजारमा सकारात्मक माहोल देखिएको हो ।

आज सूचक सेन्सेटिभ परिसूचक पनि २.८१ अंकले बढेर ३६४.९० को बिन्दुमा पुगेको छ। २ घण्टाको कारोबारमा १ अर्ब १५ करोड १२ लाख८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ । यस दिन म्युचुअल फण्ड समूहको सेयर मूल्य मात्र घटेको छ ।

यसदिन १५० कम्पनीको सेयर मूल्य बढेको छ, भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ वटै कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै सिवाईसी नेपाल लघुवित्, लाइफ इन्स्योरेन्स, राधी विद्युत कम्पनी, मनकामना स्मार्ट लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us