सेयर बजारको ओरालो यात्रामा निरन्तरता, सबै सूचक राताम्य

काठमाण्डु टुडे २०७९ असार ९ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, ९ असार– साताको पाँचौँ कारोबार दिन बिहीबार पनि सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर बजार राताम्य बनेको छ । यसदिन १३ वटै सूचक घटेको छ । आज सेयर बजारमा २ दशमलव ३९ प्रतिशतले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर १८४८ दशमलव २८ बिन्दुमा झरेको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ०६ अंकले घटेर ३६२ दशमलव ०९ बिन्दुमा झरेको छ ।

आज कारोबार भएको २३७ कम्पनीको ५० लाख ८ हजार ७७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज १३ वटै सूचक घट्दा सबैभन्दा धेरै हाइड्रोपावर समूहका लगानीकर्ताले गुमाएका छन् । यस दिन हाइड्रोपावर समूहको सेयरमूल्य ४।११ प्रतिशतले घटेको छ ।

त्यस्तै विकास बैंक समूहको ३।७९, लगानी समूहको ३।५२, फाइनान्स समूहको ३।४८ प्रतिशतले घटेको छ । आज १५ कम्पनीको मात्र सेयरमूल्य बढेको छ । १७८ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ ।

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

आज कुमारी बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ९ करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । आज बैंकको अन्तिम कारोबार मूल्य १९४ रुपैयाँ रहेको छ ।

सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा लक्ष्मी बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी, एनआईसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावर, शिवम सिमेन्ट, एनसीसी बैंक, अरुण कावेली पावर, नेपाल लाइफा इन्स्योरेन्स कम्पनी लगायतले सर्वाधिक कारोबार गरेको छ ।

यी हुन् सर्वाधिक कमाउने कम्पनी

बजारमा भारी गिरावट आउँदा पनि आँखुखोला लघुवित्त र सिवाईसी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै एनआईसी एशिया ब्यालेन्स फण्ड, वीन नेपाल लघुवित्त, गोर्खाज फाइनान्स, सनराइज ब्लूचिप फण्ड, घलेम्दी हाइड्रोपावर, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर। सिन्धु विकास बैंक लगायतका कम्पनीको सेयरमूल्य सामान्य बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us