सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाण्डु टुडे २०७९ असार ९ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, ९ असार– साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ।

यसअघि बुधबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको थियो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो।

बिहीबार चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको थियो। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us