सेयर बजारमा फेरि गिरावट, कारोबार रकम ८४ करोडमा खुम्चियो

काठमाण्डु टुडे २०७९ असार ८ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, ८ असार– साताको चौथो दिन आज बुधबार सेयर बजारमा फेरि गिरावट आएको छ ।

मंगलबार ३७ अंकले बढेर हरियाली छाएको बजार आज फेरि घटेको हो । आज सेयर बजार १ दशमलव २१ प्रतिशतले घटेको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ । यस दिन कारोबार रकम ८४ करोडमा खुम्चिएको छ ।

लगानीकर्ताहरु १९ बुँदे मागसहित पुँजीबजार विस्तार र सुधारको मागसहित आन्दोलनमा उत्रिरहँदा पनि सेयर बजारले उकारो यात्रा तय गर्न सकिरहेको छ ।

बुधबार सेयर बजार मापक नेप्से ३१ दशमलव २१ अंकले घटेर १८९३ दशमलव ५३ बिन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक ५ दशमलव ९४ अंकले बढेर ३६९ दशमलव १५ बिन्दुमा झरेको छ ।

कारोबार अवधिभर २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us