मंगलबार सेयर बजारमा हरियाली, ३७ अंकको सुधार

काठमाण्डु टुडे २०७९ असार ७ गते १५:५९ मा प्रकाशित

काठमाण्डु, ७ असार– साताको तेस्रो दिन आज मंगलबार भने सेयर बजारमा हरियाली देखिएको छ । निरन्तर ओरालो लागिरहेको सेयर बजार आज १.९९ प्रतिशतले बढेको हो ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ३७ दशमलव ४९ अंकले बढेर १९२२ दशमलव ३० बिन्दुमा पुगेको छ ।

यता, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ८.८१ अंकले बढेर ३७४ दशमलव ३७ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसमूहमा हरियाली छाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us