एकैपटक चारवटा बाघ नियन्त्रणमा

काठमाण्डु टुडे २०७९ असार ६ गते ६:४९ मा प्रकाशित

काठमाण्डु, ६ असार– चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मानिसलाई आक्रमण गरेर खान थालेपछि आक्रमण गर्ने क्रम बढ्ने भएकाले आक्रमणकारी बाघलाई नियन्त्रणमा लिने गरेको जानकारी दिए ।

मानिसलाई आक्रमण गर्न थालेपछि बाघले फेरि आक्रमणको योजना बनाउँछ । त्यसैले ती बाघलाई नियन्त्रणमा लिएर राख्नेछौ, उनले भने, ‘२०७७ सालयता हामीले चारवटा बाघलाई नियन्त्रणमा लिएका छौँ र अहिलेसम्म छाडेका छैनौंँ  ।’

२०७७ सालमा चितवनको देवनगर र बाँकेबाट चालू आर्थिक वर्षमा, गत जेठमा पूर्वी चितवनको राप्तीबाट र पछिल्लो पटक असार २ गते मेघौलीबाट आक्रमणकारी बाघलाई नियन्त्रणमा लिइएको हो ।

मान्छेलाई आक्रमण गर्ने बाघलाई निकुञ्जका प्राविधिक टोलीले पहिचान गरेर डार्ट विधिबाट नियन्त्रणमा लिने गरेको छ । त्यसरी नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको निगरानीमा राखिन्छ ।

उनीहरूको आनीबानीलाई अध्ययन गरेर छाड्न मिल्ने भए मात्र छाड्ने गरिएको छ । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us