सेयर बजारमा उच्च गिरावट, १७९ कम्पनीको सेयर मूल्य घट्यो

काठमाण्डु टुडे २०७९ असार ५ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, ५ असार– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । यस दिन सेयर बजार राताम्य बनेको छ । आइतबार १३ वटै सूचकको सेयर मूल्य घटेको छ ।

आज सेयर बजार मापक नेप्से परिसूचक ३७ दशमलव २७ अंकले घटेर १९३४।११ बिन्दुमा पुगेको छ । यता, सेन्सेटिभ परिसूचक ७।९१ अंकले घटेर ३७३।८५ बिन्दुमा झरेको छ ।

कुल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

यस दिन हाइड्रोपावर, फाइनान्स, विकास बैंक, अन्य र म्युचुअल फण्ड सेक्टरको सेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आँखुखोला लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयरमूल्य ९।९९ प्रतिशतले बढेर ६५६।३० रुपैयाँ पुगेको छ ।

त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स, सिवाईसी नेपाल लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल १३ कम्पनीको सेयर मूल्य बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us