घनश्याम भूसालको जवाफः अनुशासनको कारबाही त केपी ओलीलाई हुनुपर्ने हो

काठमाण्डु टुडे २०७९ जेठ २२ गते ७:४४ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– अध्यक्ष केपी ओलीको आलोचना गरेर अनुशासन उल्लंघन गरेको आरोपमा एमाले अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भूसालमाथि कारबाहीको सिफारिस गरेको छ ।

अध्यक्ष ओली निटक मानिने केशव बडाल अध्यक्ष रहेको अयोगले पार्टी अध्यक्षविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएकाले भूसालमाथि केन्द्रीय समितिसमक्ष कारबाही सिफारिस गरेको हो । कारबाही सिफारिसबारे के भन्छन् भूसाल ?

त्यो (कारबाही सिफारिसको निर्णय) विनाशकाले विपरीत बुद्धि हो भँन्ने लाग्छ । त्यो (स्पष्टीकरण) सोध्ने नैतिक साहस र ग्राउण्ड छ भन्ने मलाई लाग्दैन । किनभने स्पष्टीकरण त तिनीहरुलाई नै सोध्नुपर्ने हो ।

पार्टी यो स्थितिमा पुग्दा अनुशासन त माथिबाट लाग्नुपर्ने हो । माथिको अध्यक्ष, सचिवलाई लाग्छ । तर, यसबारे मैले अहिलेसम्म कुनै औपचारिक जानकारी पाएको छैन, जानकारी पाएँ भने बाँकी सबै कुरा बुझेपछि मात्रै प्रतिक्रिया जनाउँछु । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us