बजेटका कारण निराश भए शेयर बजारका लगानीकर्ता

काठमाण्डु टुडे २०७९ जेठ १५ गते २१:२३ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– सरकारले धितोपत्र बजारको पुँजीगत लाभकरको सीमा यगावत राखेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आइतबार आर्थिक विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताको स्वामित्वमा कुनै पनि कम्पनीको शेयर ३ सय ६५ दिनसम्म रहेको भए बिक्री गर्दा तिनुपर्ने लाभकर ५ प्रतिशत हुने बताए । सो भन्दा कम अवधिमा बेच्दा भने सात प्रतिशत कर लाग्ने उनले जानकारी दिए । यो हाल कायम रहेकै व्यवस्था हो ।

लगानीकर्ताले लामो समयदेखि शेयर बजारको लाभकर घटाउन माग गर्दै आएका थिए । एक वर्षपछि शेयर बिक्री गर्दा ४ प्रतिशत र सोभन्दा अघि बेच्दा ६.५ प्रतिशत लाभकर लगाउन लगानीकर्ताको सुझाव थियो । लाभकर यथावत राखिएका कारण शेयर बजारका लगानीकर्ता बजेटबाट उत्साहित हुन सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us