नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ डलर

काठमाण्डु टुडे २०७९ जेठ १४ गते २१:०३ मा प्रकाशित

काठमाण्डु, १४ जेठ– नेपालीको प्रतिव्यक्ति आय वृद्धि भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभा बैठकमा पेश गरेको आर्थिक वर्ष ०८९/८० को आर्थिक सर्वेक्षणमा प्रतिव्यक्ति आय बढेर १ हजार ३ सय ८१ डलर पुगेको उल्लेख छ ।

उनले नेपालीको प्रतिव्यक्ति आय एक वर्षमा १०.८ प्रतिशतले बढेको जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति आय १ हजार २ सय ४६ डलर थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us