पेट्रोलियम पदार्थमा लिइँदै आएको कर १० रुपैयाँले घट्ने

काठमाण्डु टुडे २०७९ जेठ १३ गते १३:५० मा प्रकाशित

काठमाण्डु, १३ जेठ– सरकारले पेट्रोलियम पदार्थमा अहिले लगाइँदै आएको कर घटाउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको हो ।

यही जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us