अमेरिकाको एक विद्यालयमा गोली चल्यो, १८ विद्यार्थीसहित २१ को मृत्यु

काठमाण्डु टुडे २०७९ जेठ ११ गते ७:०५ मा प्रकाशित

एजेन्सी– अमेरिकाको टेक्सास राज्यसस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा २१ ज्यान गएको छ ।

मृत्यु हुनेमा १८ बालबालिका र तीन शिक्षक छन् । मृत्यु हुने अधिकांश बालबालिकामा कक्षा २ देखि ४ सम्मका छन् । साल्भाडोर रामोस नामका १८ वर्षीय युवक पेस्तोल र राइफलसहित विद्यालयभित्र पसेर अन्दाधुन्द गोली चलाएका थिए ।

बीबीसीका अनुसार प्रहरीको जवाफी कारबाहीमा ती बन्दुधकारी पनि मारिएको अधिकारीहरुले बताएका छन् ।

टेक्सासका गभर्नर ग्रेग एबोटले रामोस प्रहरी कारबाहीमा घटनास्थलमै मारिएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us