उकालो लाग्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १२:५३ मा प्रकाशित

काठमाण्डु, ८ जेठ– नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुन तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यस्तै, आज चाँदीको बिक्री मूल्य स्थिर छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो ।

सुनको मूल्य बढेको दिन चाँदीको कारोबार मूल्य भने स्थिर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us