सभामुखको निर्देशनपछि बजेट छलफलमा अर्थमन्त्री शर्मा उपस्थित

काठमाण्डु टुडे २०७९ जेठ ५ गते १४:३३ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित भएका छन् ।

प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए ।

यसअघि, एमाले नेता विशाल भट्टराईले विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री नै उपस्थित नभएको बताउँदै उनको खोजि गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us