खेतीयोग्य जमिन बाँझो रहनु र युवाहरू विदेशिनु चुनौतीपूर्णः अर्थमन्त्री शर्मा

काठमाण्डु टुडे २०७९ जेठ ३ गते १८:११ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– अर्थमन्त्री जनार्दन शर्माले देका विभिन्न ठाउँमा खेतीयोग्य जमिन बाँझो हुन र युवाहरु विदेशिनु देशका लागि चुनौतीपूर्ण भएको बताएका छन् ।
मंगलबार उनले प्रतिनिधि संसदमा विनियोजन विधेयक पेस गर्दै आयात प्रतिस्थापन गर्नतर्फ आगामी वर्षको बजेट केन्द्रीत हुने बताए ।

‘कृषि क्षेत्रको उत्पादन वृद्धि हुन नसक्दा कृषिजन्य वस्तुको आपूर्तिका लागि समेत आयातमा भर पर्नुपर्ने स्थिती छ,’ उनले भने, ‘खेतीयोग्य जमिन बाँझो रहनु र युवाहरू विदेशिनुले अवस्था हाम्रा लागि चुनौतीपूर्ण छ ।’

आगामी आर्थिक वर्षको बजेटले आन्तरिक उत्पादनलाई बढाउँदै आयात प्रतिस्थापन गर्ने लक्ष्य लिने मन्त्री शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us