गोरखामा माओवादी केन्द्रले खाता खोल्यो

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते २२:५५ मा प्रकाशित

गोरखा, ३१ वैशाख– गोरखाको भीमसेन थापा गाउँपालिका–१ को वडाअध्यक्षमा माओवादी केन्द्रका विकास श्रेष्ठ विजयी भएका छन् ।

 

१ हजार १ सय ३९ मतसहित श्रेष्ठ वडाअध्यक्ष निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिस्पर्धी काँग्रेसका बुद्धबहादुर बानियाँले १ हजार ११ मत ल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us