पेट्रोलियम पदार्थमा एकैपटक अहिलेसम्मकै उच्च वृद्धि

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते २२:३१ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । निगमका अनुसार रनयाँ मूल्य सूची राति १२ बजेबाट लागू हुनेछ ।

योसँगै काठमाण्डु उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ । । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us