मंगलबार तोलामा ७०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७९ वैशाख २७ गते १२:०० मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँलेय ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ७०० रुपैयाँले नै घट्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै आज एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us