सोमबार सुनको मूल्यमा सामान्य वृद्धि

काठमाण्डु टुडे २०७९ वैशाख २६ गते ११:१३ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि आएको बताएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य सामान्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले उकालो लागेको हो । यससँगै, आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार २०० रुपैयाँ छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ थियो । जुन, आज तोलामा १०० रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ । यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । हिजो तोलामा १२ सय ८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us